शुक्रबार, बैशाख १४, २०८१

रामेछापका व्यवसायी थापा सम्मानीत

 काठमाडौं फागुन २८,  सरकारले यस वर्ष सबै भन्दा धेरै कर बुझाए बापत अर्थात उच्चतम कर सहभागिताबाट रामेछापका व्यवसायी श्याम थापालाई सम्मानित गरेको छ । २०६८/६९ मा नियमित र सबै भन्दा बढी कर बुझाए बापत नेपाल भरीका १३० जनालाई सम्मान गर्ने निणर्य गरे अनुसार जिएस मार्केटीङ ramechhap mapसेन्टरका प्रोपाईटर थापालाई पनि सम्मान गरेको हो । आन्तरिक राजस्व कार्यालय भक्तपुर र रामेछाप उद्योग वाणिज्य संघद्धारा संचालीत करदाता शिक्षा तथा सम्मान कार्यक्रमको आयोजना गरी आज विहान सदरमुकाम मन्थलीको जिविसहलमा सम्मान गरीएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले थापालाई दोसल्ला तथा प्रमान पत्रले सम्मान गर्दै रामेछाप जिल्लाका व्यवसायीले सरकारबाट सम्मान पाउँनु ठुलो उपलब्धी रहेको र आगामि दिनमा पनि यस्ता व्यवसायीहरुको आवश्यकता रहेको बताउँनु भएको छ । सम्माननीत थापाले आफु सम्मानित भएकोमा खुसि व्यक्त गर्दै करदाताको लागी कर बुझउँदा झण्जटीलो नबनाई सहज रुपमा कर तिर्ने वातावरण बनाई दिन आग्रह गर्नु भएको छ ।

रामेछाप अद्योग वाणिज्य संघका अध्यक्ष पशुपति बहादुर खड्काको अध्यक्षतामा सम्पन्न करदाता शिक्षा तथा सम्मान कार्यक्रममा आन्तरीक राजस्व कार्यालय भक्तपुरका कर प्रमुख उत्तम वाग्ले, कर अधिकृत ओम खड्का लगाएतका टोली, रामेछाप उद्योगवाणिज्य संघका महासचिव जगनाथ दाहाल, जिल्ला शिक्षा अधिकारी युवराज पौडेल, निमार्ण व्यवसायि संघका प्रमुख वुद्धी कार्की, जिल्लाका व्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । -शुसिला होस्ट