बिहिबार, बैशाख १३, २०८१

रंङको पर्व होली खेलौ रमेर (फोटो फिचर)

काठमाडौं चैत्र २,वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेलेर मनाइँदैछ। हर्ष, उमङ्ग, उल्लास र खुसीको बहार सहित प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णीमाका दिन मनाइने यस पर्वलाई रङ्गहरूको पर्व पनि भनिन्छ।

3 2 5 7 1

6

 रङ्गीविरङ्गी रङ्गहरू एक आपसमा लगाएर सुख, शान्ति, समृद्धि र स्वास्थ्यको शुभकामना आदानप्रदान गरी वातावरणनै रगीन बनाई मनाइने यो चाड समाजमा पृथक पहिचान बनाउन रहेको छ । फलस्वरूप, अन्तराष्ट्रिय जगत र अन्य संस्कृतिमा पनि लोकप्रिय हुँदैगएको छ। रङ्गको पर्व भएकाले एकातिर प्रेममैत्री, भाइचारा र सामाजिक समरसताको द्योतकका रूपमा स्थापित हुदैगइरहेको यो पर्व होलीका दहनको पौराणिक महत्वसंग जोडिएको छ ।

त्यस्तै आजै काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ।यो क्रम आज वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।  त्यस्तै आजका दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्ने गर्दछ ।  मोडल: प्रतिज्ञा पाण्डे