शुक्रबार, चैत्र १६, २०८०

युनिटीका अध्यक्षसहित गुरूङ सहित १२ जना सञ्चालकलाई जेल सजाय

ललितपुर चैत१७ ,  लाखौँ उपभोक्तालाई ठगि गरेको आरोपमा पक्राउ परेका युनिटीका अध्याक्ष काशी गुरूङ सहित १२ जना सञ्चालकलाई ललितपुर जिल्ला  kasi gurungअदालतले दोषी ठहर गरेको छ । न्यायाधीश टेकबहादुर कुँवरको इजलासले गुरुङसहित १२ सञ्चालकलाई ३–३ वर्ष जेल सजाय तोकेको हो । साथै गुरुङलाई १ करोड ६ लाख जरिवाना तोकेको छ । अदालतले एक सय जनालाई भने सफाइ दिएको छ । गैरकानुनी रुपमा नेटवर्किङ विजनेशका नाममा करोडौं ठगी गरेको भन्दै सरकारले युनिटीलाई बन्द गरेर सञ्चालकहरुलाई पक्राउ गरेको थियो ।

प्रवन्ध निर्देशक विष्णु क्षेत्री भने हालसम्म फरार छन् । युनिटीले पाँच वर्षमा ३ लाख ६८ हजारभन्दा बढीबाट ३ अर्ब ७९ करोड रकम उठाएको थियो । उपभोक्ता ठगी गरेको आरोपमा नेटवर्किङ विजनेस गर्ने युनिटीसहित अहिले अन्य संस्था पनि बन्द छन् । हाल सरकारले नेपालमा नेटवर्किङ विजनेसमा प्रतिबन्ध लगाएको छ ।