बुधबार, बैशाख १२, २०८१

मुख तीन दलको बैठकमा उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति

 काठमाडौँ चैत्र ११, प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको आज सम्पन्न बैठकले संविधान निर्माण र निरन्तर संवादका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति गरेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्ष एनेकपा (माओवादी)का प्रमुख नेताहरूबीच संविधान 3 dallनिर्माणका लागि यस्तो सहमति गरेको हो ।

त्यस्तै बैठकमा शान्ति प्रक्रियाका बाँकी मुद्दालाई तत्काल अघि बढाउने, संवैधानिक परिषद् गठन गर्ने र अन्य रिक्त पदपूर्तिका विषय लगायत सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी ऐनलाई तत्काल निर्माण गरी अघि बढाउन सम्बन्धित मन्त्रालयलाई सुझाव दिने सहमति भएको बताईएको छ ।

आजको बैठकमा काँग्रेसका तर्फबाट सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला रहनुभएको थियो भने (एमाले) का तर्फबाट पार्टी अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेलको उपस्थितीरहेको थियो । त्यस्तै गरि एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी रहनुभएको थियो ।