बुधबार, बैशाख १२, २०८१

मानव अधिकारवादी नेता पहाडी आमरण अनशनमा

 काठमाडौँ चैत १७ , नेपाल सरकारले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदनका लागि चासो नदिएको भन्दै मानव अधिकारवादी नेता कृष्ण imagesपहाडीले आजदेखि सहिद पार्कस्थित शान्ति वाटिकामा आमरण अनशन सुरु गर्नुभएको छ । हालसम्म विश्वका १२२ देशले रोम विधानलाई अनुमोदन गरिसकेको बताउँदै यसअघि रोम विधानलाई २०७० चैत १५ सम्म अनुमोदन गर्न नेपाल सरकारलाई आग्रह गर्दै पहाडीले प्रधानमन्त्री र मन्त्रीहरूलाई भेट गरी ज्ञापनपत्र बुझाएका थिए ।