शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषद्को बैठक- छ जना सचिवमा बढुवा

 काठमाडौँ फागुन २९ ,आजको मन्त्रिपरिषद्को आजको बैठक मार्फत सरकारले डा. प्रभाकरकुमार पाठक, अनुपकुमार उपाध्याय, हरिकुमार श्रेष्ठ, singhadurbarनारायणप्रसाद रेग्मी, मधुप्रसाद रेग्मी र भोलाप्रसाद सिवाकोटीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।    त्यस्तै बैठकले बैठकले सरकारको स���झा न्यूनतम कार्यक्रम पनि परिमार्जनसहित पारित गर्नुको अलावा सुपुर्दगीसम्बन्धी, सङ्गठित अपराध निवारण, निजामती सेवा तेस्रो संशोधन, नेपाल स्वास्थ्य सेवासहितका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकहरू संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

 मन्त्रिपरिषद्को १५ दिनअघि बसेको बैठकले मन्त्रीहरूको सम्पत्ति १५ दिनभित्र सार्वजनिक गर्ने भनेकामा अबको दुई÷तीन दिनभित्र सबै मन्त्रीको सम्पत्ति एकैचोटि सार्वजनिक गर्ने सोचअनुरूप दुई÷तीन दिनभित्र वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिने मन्त्री डा.रिजालले बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728