शुक्रबार, चैत्र १६, २०८०

भारत सरकारको निम्तोमा प्रहरी महानिरीक्षक अर्याल आज भारत भ्रमणमा जाँदै

 काठमाडौँ फागुन १८, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भारत सरकारको निम्तोमा पाँचदिने भ्रमणमका लागि आज भारत जाँदैछन् । भारत ध्रकणको candidate (2)dhallक्रममा आईजीपी अर्यालको टोलीमा अर्याल सहित नेपाल प्रहरी ६ जना उच्च अधिकारीहरु क्रमस अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी नायब महानिरीक्षक डीआईजी सुरेन्द्रबहादुर शाह, तालिम निर्देशनालयका डीआईजी गणेश राई, विशेष ब्युरोका एसएसपी देवेन्द्र सुवेदी र गृह मन्त्रालयका एक उपसचिव रहेका छन् । आईजीपी अर्यालको अनुपस्थितिमा प्रशासन विभाग प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारीले कायममुकायम आईजीपीको काम गर्ने प्रहरी प्रवक्ता गणेश केसीले बताए ।

प्रवक्ता गणेश केसीका अनुसार आईजीपी अर्यालको यो औपचारिक भ्रमण हो । भारतका केन्द्रीय गृहसचिव अनिल गोस्वामीसहित सीबीआई, इन्टलिजेन्स ब्युरो र दिल्ली प्रहरीका अधिकारीहरूसँग अर्यालको भेटघाट हुने बुझिएको छ । भेटमा सीमामा हुने अपराध नियन्त्रण, आतंकवाद नियन्त्रणलगायत विषयमा छलफल हुने प्रवक्ता केसीले जनाए । आईजीपीको टोली ३ दिन दिल्लीमा बसेर त्यसपछि लखनउ र पटनाको ध्रमण पछि नेपाल फर्किने बुझिएको छ ।