शनिबार, बैशाख ८, २०८१

ब्यवस्थापिका संसदको बैठक आज बस्दै, बैठकमा प्रधानमन्त्री कोइरालाले सम्वोधन गर्ने

काठमाडौं चैत्र ४, ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा विभिन्न विधेयकहरु पेस गर्ने तयारी छ । संसद बैठक sansadhबस्नुअघि बैठकको कार्यसूची तयार गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । १० बजे बस्ने बैठकले तयार गरेको कार्यसूचीका आधारमा ११ बजेको बैठकमा छलफल हुने संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले आज प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र कानुनमन्त्री सम्बन्धित प्रतिस्थापन विधेयक पेस हुने सम्भावाना रहेको जानकारी दिनुभयो ।
बैठकमा सभासदहरुले समासामयीक र विकासका विषयमा पनि भनाई राख्नेछन् । आजको बैठकमा प्रधानमन्त्री कोइरालाले सम्वोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालय स्रोतले जनाएको छ।