मङ्लबार, बैशाख ११, २०८१

बोक्सी अपराधविरुद्धको विधेयकलाई कानुनको प्रारुप दिन मञ्चको माग

yuba31
(बोक्सीको आरोपमा कुटपिटामा परेकी महिलाको तस्विर)

 काठमाडौँ फागुन २५, राष्ट्रिय महिला अधिकार मञ्चले बोक्सी अपराधविरुद्धको प्रस्तावित विधेयक २०७० लाई कानुनको रूपमा ल्याइनुपर्ने माग उठान गरेका छन । मञ्चले राजधानीमा आज पत्रकार सम्मेलन गरी बोक्सीको नाममा हुने अपराधमा कानुनबाटै सजाय हुने व्यवस्था गर्न यस्तो माग गरेको हो ।

पत्रकार सम्मेलनमा मञ्चकी अध्यक्ष रेणुका मल्ल ठकुरीले मुलुकभर महिला हिंसाका घटना घटिरहेको सन्दर्भलाई लिएर आफूहरूले सरकार तथा सम्बन्धित निकायमा पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गदै पछिल्लोपटक केहि समय अघि राजधानीको ललितपुर लगायत चितवन, पर्सा जिल्लामा बोक्सीको आरोपमा जिउँदै जलाउने, कुटपिट गरी हत्या गर्नेलगायत अनेकौँ घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको अवस्थामा यस्तो प्रवृत्तिलाई निरुत्साहित पार्न मञ्चले बोक्सी अपराधविरुद्धको प्रस्तावित विधेयक २०७० लाइ कानुनको रुप दिन माग गरेको प्रष्ट पारेका छन