शनिबार, बैशाख ८, २०८१

बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिन प्रम कोईराला आइतबार म्यान्मा जाँदै

 काठमाडौँ फागुन १७, फागुन २० गते म्यान्मारको राजधानी नेपिटमा सुरु हुने बहुपक्षीय बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री सुशील कोइराला आइतबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका स्वकीयसचिव, Sushil-koirala2परराष्ट्रमामिला सल्लाहकार, निमित्त परराष्ट्र सचिव, नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी रहनेछन । 

त्यस्तै प्रधानमन्त्री कोइरालाले सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुख सभागी हुने उक्त सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । सम्मेलनअघि आज तयारी समिति, आइतबार वरिष्ठ अधिकारी तथा सोमबार मन्त्रिस्तरीय बैठक हुनेछ । सम्मेलनमा बङ्गलादेशमा बिम्स्टेकको स्थायी सचिवालय स्थापना, त्यसको महासचिवमा सुमिथा नाकन्दलाको नियुक्ति तथा भुटानमा सांस्कृतिक उद्योग आयोग र सांस्कृतिक उद्योग अवलोकन केन्द्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनमा भाग लिने क्रममा भारत र बङ्गलादेशका प्रधानमन्त्रीसँग बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीेले विपक्षी नेत्री आङ सान सुचीसँग छलफल गर्र्नुहुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ