बिहिबार, बैशाख १३, २०८१

प्रधानन्यायाधीशमा पाँच स्थायी न्यायाधीशको नाम सिफारिस

 काठमाडौं फागुन २०, न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्तिका लागि कायम मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मासहित सर्वोच्चका पाँच स्थायी adalatन्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेकोछ ।  संवैधानिक व्यवस्थाअनुसार सर्वोच्चमा तीन वर्षभन्दा बढी काम गरेका न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य हुन्छन् । संविधानको सोही व्यवस्थाअनुसार परिषद्ले शर्मासहित वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल र सुशीला कार्कीको नाम संवैधानिक परिषदमा सिफारिस गरेको हो ।
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्षमा नियुक्त भएपछि शर्माले कायम मुकायम प्रधानन्यायाधीशका रूपमा काम गदै आउँनु भएको थियो ।   २०६९ चैतमा मन्त्रिपरिषद् अध्यक्षमा नियुक्त तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानसभाको निर्वाचन पछि काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचितभएसंगै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानन्यायाधीशबाट रेग्मीले राजीनामाको घोषणा गरेका थिए ।