शुक्रबार, चैत्र १६, २०८०

पत्रकार र पत्रकारिता जगतकालागि सरकाले विशेष सुविधाका प्याकेज ल्याउने मन्त्री रिजालको प्रतिवद्धता

 पत्रकारद्वय रमेश खड्का र उज्ज्वल झालाई  जनही पाँच हजार रुपैयाँ र ताम्रपत्र सहितको वरिष्ठ पत्रकारिता पुरस्कार

भक्तपुर फागुन १९,  नेपाल पत्रकार महासङ्घ भक्तपुरले आज आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र rijalरिजालले एक वर्षभित्र नयाँ संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै मन्त्री रिजालले संविधानसभाको नियमावली निर्माणमा भएको अलमलले संविधान निर्माणमा असर नपर्ने भन्दै नयाँ संविधान कसले प्रमाणीकरण गर्ने भन्ने विवाद छिट्टै समाधान हुने आशा व्यक्त गर्नु भएको छ ।त्यस्तै उहाँले कार्यक्रममा पत्रकारद्वय रमेश खड्का र उज्ज्वल झालाई  जनही पाँच हजार रुपैयाँ र ताम्रपत्र सहितको   वरिष्ठ पत्रकारिता पुरस्कारबाट सम्मानीत गर्दै   पत्रकारितामा लामो समय काम गर्ने��ाई सरकारले विशेष सुविधाका प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

कर्यक्रममा महासङ्घ भक्तपुरका सल्लाहकार एवम् पत्रकार कविर राणा, महासङ्घका केन्द्रीय सल्लाहकार पोषण केसी, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसी, सम्मानित व्यक्तित्व रमेश खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रस्तुत कार्यक्रम महासङ्घ भक्तपुरका सभापति नारायणसुन्दर किलम्बुको सभापतित्वमा सम्पन्न भएको थियो ।