मङ्लबार, बैशाख ११, २०८१

पत्रकार महासङ्घ रामेछापमा ढुङ्गेल

 रामेछाप फागुन २९/ सुशिला होस्ट ,नेपाल पत्रकार महासंघ रामेछाप शाखाको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रमेशप्रसाद ढुङ्गेललाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यसैगरी उपाध्यक्षमा यूनिक विफा घिसिङ, सचिव– तुल्सीदेवी श्रेष्ठ, सह–सचिव– नवराज श्रेष्ठ र कोषध्यक्षमा नविन fng logo 1केसी निर्वाचित हुनुभएको छ भने कार्य समिति सदस्यहरुमा विशाल बस्नेत, हरीबहादुर माझी, निरज सापकोटा, सञ्जीला मोक्तान र कल्याण बुढाथोकी निर्वाचिन हुनुभएको छ ।
त्यसैगरी अधिवेशनबाट टिका प्रसाद भट्ट, हिमाल ढुङ्गेल, सुमित श्रेष्ठ बेदबहादुर श्रेष्ठ, बद्री नयाघरे, दिपक भट्ट र पार्वती पाठक केन्द्रीय सभासदमा निर्वाचित हुनुभएको छ । अधिवेशनको उद्घाटन कार्यक्रम प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी गोपालप्रसाल पराजुलीले सात वटा मैनदीप प्रज्वलन गरि गर्नुभएको थियो । अविधको केन्द्रीय प्रतिनिधि नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य मात्रीका प्रसाद पौडेल रहनु भएको सो कार्यक्रमको प्रमुख निर्वाचन अधिकृतमा पेश आचार्य रहनु भएको थियो भने सदस्यहरुमा पाण्ड प्रसाई र झम्क कडेल रहेका छन ।