बिहिबार, चैत्र १५, २०८०

पत्रकार महासङ्घ एभरेष्ट प्रेस क्लबमा खड्का,रुकुममा विक

 रुकुम चैत ३, नेपाल पत्रकार महासङ्घ एभरेष्ट प्रेस क्लबको आज सम्पन्न साधारणसभाले शिवकुमार खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्लबको उपाध्यक्षमा दीलिप काफ्ले, महासचिवमा विनोद पाण्डे, सचिवमा नवीन काफ्ले र कोषाध्यक्षमा उर्मीला खड्का निर्वाचित भएका छन भने केन्द्रीय प्रतिनिधिमा शरद्राज गौतम, सुभाष ढकाल, प्रशान्तकुमार अर्याल, ऋषि धमला, प्रदीप न्यौपाने, शङ्कर कार्की र रमेश चालिसेलाई   चयन गरेको छ ।

यसैवीच रुकुमको चौथो अधिवेशनले गणेश विकको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचित fng logo 1कार्यसमितिको कार्यसमितिका उपाध्यक्षमा आदर्श केसी, सचिवमा सुरेन्द्र खत्री, सहसचिवमा हरि गौतम र कोषाध्यक्षमा लक्ष्मण केसी तथा सदस्यमा मेनका परियार, रुद्रगोपाल डाँगी, महेश केसी र प्रवीर ददेल रहेका छन । त्यसैगरी केन्द्रीय प्रतिनिधिमा क्रमस नारायणकुमार शाह, ध्रुवविक्रम बुढाथोकी, टीका विष्ट, धनवीर दाहाल, शेरबहादुर केसी, टेकबहादुर ओली, राजु लामिछाने, कृष्णप्रसाद गौतम र दिलबहादुर शाहीलाइ चयन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।