शनिबार, बैशाख ८, २०८१

पत्रकार महासङ्घ उदयपुरमा बस्नेत

 गाईघाट फागुन २८, नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाको आज सम्पन्न नवौँ जिल्ला अधिवेशनले पत्रकार कुशलबाबु बस्नेतको अध्यक्षतामा १३ fng logo 1सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । सङ्घको उपाध्यक्षमा हरिकुमार राई, सचिवमा भोटराज राई, सहसचिवमा पर्शुराम थापा र कोषाध्यक्षमा डिल्लीराम खतिवडा चयन हुनुभएको छ । सदस्यहरूमा गजेन्द्र राई, यमन दनुवार, बन्दना दनुवार, जयन्ती तामाङ, अजय साह, बुद्धि चामलिङ राई, बबिता परियार र नेत्रकुमार सुनुवार चयन हुनुभएको छ ।

यस्तै केन्द्रीय पार्षद्मा मधुकर थापा, यदु ढकाल, वैकुण्ठनाथ दाहाल, भक्तिविलास पोखेरल, श्याम राई, बाबुराम भण्डारी, भरत खड्का, महेश्वर चामलिङ राई, गोपाल पोखरेल, कौशल चेमजोङ, केदार थापा र केदार कटुवाल रहेकाछन ।