शुक्रबार, बैशाख १४, २०८१

पत्रकार महासङ्घमा को कहाँ ?

fnj2

 काठमाडौँ फागुन २६ पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको काठमाडौँ उपत्यकाका प्रतिष्ठान तथा देशका विभिन्न जिल्लामा आजको मितिसम्म सम्पन्न निर्वाचनबाट को कहाँ निर्वाचित  भए सो सम्बन्धमा प्राप्त पछिल्लो जानकारी अनुरुप   निर्वाचित भएका पदाधिकारी  तथा सभासदको नामावली:

पत्रकार महासङ्घ पाल्पामा अर्याल : नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको नवौं अधिवेशनबाट अध्यक्षमा राजेशकुमार अर्याल सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमितिको उपाध्यक्ष   सचिव , सहसचिव र कोषाध्क्षमा क्रमस टेकनारायण भट्टराई, किरण कौशल, राजकुमार आले र मिलन विश्वकर्मा निर्वाचित भएका छन भने यज्ञमूर्ति तिमिल्सिना, कृष्ण दर्नाल, कृष्ण पोखरेल, कृष्ण कार्की, भोजराज भट्टराई, तिलाचन पाण्डे, गीता खनाल, टीकाराम बस्याल, रनबहादुर कुमाल र रीमा सोमै कार्यसमिति सदस्य चयन भएका छन । 

त्यस्तै गरि केन्द्रीय पार्षद्का लागि मेघराज शर्मा, गोविन्द भट्टराई, भगवान भण्डारी, गोपालप्रसाद बस्याल, राजेन्द्र लिगल, रामप्रसाद न्यौपाने, यमबहादुर गाहा, देवबहादुर पचभैया, मुना घिमिरे, वासुदेव ढकाल, कमलराज तिमिल्सिना, रेखीराम राना, अमृत अधिकारी र सन्तोष बस्याल चयन भएको बुझिएको छ ।

  राष्ट्रिय समाचार समितिमा नेपाल:राष्ट्रिय समाचार समितिमा  शाखाको आज सम्पन्न छैठौं अधिवेशनले विष्णु नेपालको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा नारायण घिमिरे, सचिवमा वासुदेव पौडेल, कोषाध्यक्षमा अभिलाषा पोखरेल र सहसचिवमा पवित्रा गुरागाईं निर्वाचित हुनुभएको छ । यसैगरी, समितिको शाखा सदस्यमा नारायण न्यौपाने, उत्तम सिलवाल, दिलीप अधिकारी र महेन्द्र सुवेदी चयन हुनुभएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा निर्मला आचार्य, सूर्यचन्द्र बस्नेत, एकराज पाठक, कृष्ण अधिकारी र प्रकाश सिलवाललाई सर्वसम्मतरूपमा चयन गरेको छ ।  

गोरखापत्रमा गौतम: गोरखापत्र शाखाको सातौंँ  अधिवेशनले नारद गौतमको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा योगेश पोखरेल, सचिवमा सीताराम विलासी, सहसचिवमा शेखर चौलागार्इं र कोषाध्यक्षमा सविता शर्मा रहनुभएको छ । केन्द्रीय प्रतिनिधिमा वसन्तप्रकाश उपाध्याय, गोकर्ण अर्याल, जुनारबाबु बस्नेत, त्रिभुवनचन्द्र वाग्ले, श्रीधर आचार्य, केपी गौतम, लक्की चौधरी, वासुदेव पोखरेल र सरोज ढुङ्गेललाइ चयन गरिएको छ ।

कान्तिपुर एफएममा अधिकारी: महासङ्घ कान्तिपुर एफएम शाखामा किरण अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । शाखाको आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूपेन्द्र खड्का, सचिवमा रामचन्द्र महर्जन, सहसचिवमा रुविना श्रेष्ठ र कोषाध्यक्षमा प्रतीक्षा खनाललाई चयन गरेको छ । यस्तै सदस्यमा पार्वता चौधरी, दीपा दाहाल, जितेन्द्रसिंह महरा र श्याम खड्का चयन भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा तेजेन्द्र काफ्ले, श्रीकृष्ण न्यौपाने, रजनी तामाङ, मधुसूदन पन्थी र परमानन्द खनाललाई निर्वाचित गरेको छ ।

बागलुङमा राजभण्डारी: महासङ्घ बागलुङको पाँचौँ अधिवेशनबाट मुकेशचन्द्र राजभण्डारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा दिलीप पौडल, सचिवमा दिल शिरीष, सहसचिवमा उषा पौडेल र कोषाध्यक्षमा ताराप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । महिला सदस्यमा रेणु केसी, जनजाति सदस्यमा विजय राना, दलित सदस्यमा लोकेन्द्र सुनार निर्वाचित हुनुभएको छ । खुला सदस्यमा सर्वाधिक ७३ मत प्राप्त गरी रामबहादुर थापा, अर्जुन लामिछाने र सुवास कँडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट निवर्तमान अध्यक्ष रामबहादुर जिसीलगायत २१ जना केन्द्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

कामना प्रतिष्ठान शाखामा रिजाल: महासङ्घ कामना प्रतिष्ठान शाखाको सातौँ अधिवेशनले दीपक रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्र्वाचित गरेको छ । शाखाका उपाध्यक्षमा शिव दुवाडी, सचिवमा टीका बन्धन, कोषाध्यक्षमा तारा वाग्ले तथा सदस्यमा केशरमान श्रेष्ठ र भेषराज घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले बाँकी सदस्य मनोनयन गर्ने जिम्मेवारी कार्यसमितिलाई नै दिएको छ ।

हिमाल मिडिया प्रतिष्ठानमा मगर: महासङ्घ हिमाल मिडिया प्रतिष्ठान शाखाको चौथो अधिवेशनले सन्त गाहा मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सञ्जीव शर्मा, सचिवमा सानुबाबु तामाङ, सहसचिवमा रमेश कुमार, कोषाध्यक्षमा सेन्छेलुङ पतङ्वा तथा सदस्यमा प्रदीप बस्नेत, देवकी विष्ट, किरण महर्जन र विलास राई तथा केन्द्रीय प्रतिनिधिमा किरण नेपाल, इन्द्रलाल श्रेष्ठ, रामजी दाहाल, धर्मराज दाहाल, रामेश्वर बोहरा, डम्बरकृष्ण श्रेष्ठ र अनुराग अधिकारी रहनुभएको छ ।

च्यानल नेपाल शाखामा वज्राचार्य: महासङ्घ च्यानल नेपाल शाखाले गार्डीका वज्राचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । आज भएको तेस्रो अधिवेशनले उपाध्यक्षमा निर्मल दाहाल, सचिवमा सिर्जना कार्की र कोषाध्यक्षमा कृष्णदेव रूपाखेती चयन गरेको छ । यस्तै केन्द्रीय प्रतिनिधिमा गणेश बस्नेत, शान्तिराम कार्की, सन्तोष खड्का, जीवनाथ शिवाकोटी, कमल रानामगर र श्रेया केसीलाई सर्वसम्मत रूपमा चयन गरेको छ ।

रिपब्लिकामा कोइराला
महासङ्घ रिपब्लिका प्रतिष्ठान शाखाको दोस्रो अधिवेशनले कोषराज कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा रुबी रौनियार, सचिवमा अशोक दाहाल, सहसचिवमा सन्तोष न्यौपाने र कोषाध्यक्षमा निर्जना शर्मा निर्वाचित हुनु भएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा प्रतीक प्रधान, सोमेश बर्मा, तिलक पाठक, सुबोध गौतम, प्रकाश तिमल्सिना, सुरेन्द्र पौडेल, सुशील भट्टराई, मणि दाहाल र पवित्रा सुनारलाई निर्वाचित गरेको छ ।

राजधानीमा तिमिल्सिना: राजधानी प्रतिष्ठान शाखाको  सम्पन्न अधिवेशनले रामसूदन तिमल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा राजन शर्मा, डिल्ली आचार्य, लीलाराज खनाल, तारानिधि पोखरेल, मधुजङ्ग पाण्डे र राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।

एन्टेना फाउन्डेसनमा पराजुली 
एन्टेना फाउन्डेसन प्रतिष्ठान शाखाको अधिवेशनले राजन पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा कल्पना भट्टराई, अभिमन्यू निरबी र निशा राई चयन हुनुभएको छ ।

रेडियोमैत्री प्रतिष्��ान शाखामा  न्यौपाने: रेडियोमैत्री प्रतिष्ठान शाखाको   सम्पन्न अधिवेशनबाट श्रीधर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिमा उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा टीकाराम तामाङ र कोषाध्यक्षमा सोविता रिसाल निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा विष्णु सापकोटा, वासुदेव शर्मा, विनोद घिमिरे, गोपाल नेपाल, रामकृष्ण शर्मा, सञ्चु ब्लोन र मनोज अर्याल रहनुभएको छ ।

सुनसरीमा अध्यक्षमा  घिमिरे: नेपाल पत्रकार महासङ्घ सुनसरीको सम्पन्न नवौँ जिल्ला अधिवेशनले मिश्रित परिणाम दिएको छ । निर्वाचको आज बिहान घोषित परिणामअनुसार महासङ्घ सुनसरी अध्यक्षमा केशव घिमिरे पुनः निर्वाचित हुनुभएको छ । उहाँ क्रान्तिकारी पत्रकार समूहबाट अध्यक्ष पदमा उम्मेद्वारी बन्नुभएको थियो । यसैगरी निर्वाचनबाट उपाध्यक्षमा नेपाल प्रेस युनियनका तर्फबाट बेदराज पौडेल, सचिवमा युनियनकै बाबुराम सुवेदी, कोषाध्यक्षमा क्रान्तिकारीका प्रमोद यादव तथा कोषाध्यक्षमा प्रेस चौतारीका उम्मेद्वार विकास राई विजयी बनेका छन् ।

महासङ्घको विधानअनुसार महिला सदस्यमा क्रान्तिकारीकी रीता मोक्तान, दलित सदस्यमा क्रान्तिकारीका तारा लामगादे, आदिवासी जनजाति सदस्यमा चौतारीका तर्फबाट भोजराज श्रेष्ठ मधेसी सदस्यमा क्रान्तिकारीका भरतराज शर्मा विजयी भएको छ भने कार्यसमितिको आठ सदस्यमा युनियनका तर्फबाट सुरेश घिमिरे, शेखरनाथ योगी, केशव सापकोटा र बाबुराम कार्की विजयी भएका छन् भने चौतारीका उपेन्द्र चाम्लिङ राई, क्रान्तिकारीका सरिता पुमा राई, सङ्घीय पत्रकार युनियनको बिनादेवी तामाङ र क्रान्तिकारीका तर्फबाट गोविन्द बस्नेत विजयी हुनुभएको

 ताप्लेजुङमा भट्टराई : नेपाल पत्रकार महासंघ ताप्लेजुङमा प्रेस चौतारीका केशवप्रसाद भट्टराईको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भयो । उपाध्यक्षमा माला पालुङ्वा, सचिव चन्द्र पन्धाक, सहसचिव रविन भट्टराई, कोषाध्यक्ष देवराज गुरुङ चयन भए । सदस्यहरुमा तुलसी आचार्य, दिनेश लिंखिम, बुद्धराज पालुगवा, मनकुमारी मेन्याङ्बो, रोश्मा उप्रेती, नविन लाम्गादे र मिना शेर्पा चयन भए । केन्द्रीय सभासदमा खगेन्द्र अधिकारी, राजेन्द्र श्रेष्ठ, मनमणि काफ्ले, आनन्द गौतम, धर्म पौडेल, सिता निरौला र ताराप्रसाद सिटौला छानिए ।

पाँचथरमा लवदेव नेपाल पत्रकार महासंघ पाँचथरमा प्रेस युनियनसम्बद्ध लवदेव ढुंगानाको नेतृत्वमा नयाँ नेतृत्व चयन  ।   उपाध्यक्षमा मनिता राई, सचिवमा गिरिराज बाँस्कोटा, सहसचिवमा भीम तुम्बापो र कोषाध्यक्षमा विमला ढकाल निर्वाचित भए । नरेन्द्र शर्मा, पुष्पा तामाङ, सरोज शर्मा, खविन लुइँटेल र मोहन लकान्द्री सदस्य भए । केन्द्रीय सभासदमा सन्दीप राई, तुलसी थापा, शान्ति राई, भकेन्द्र लावती, विपेन्द्र गौतम, लक्ष्मी गौतम, सुमन ढकाल, चन्द्र आङ्देम्बे र नारायण तुम्पाबो निर्वाचित भए ।

इलाममा भट्टराई : नेपाल पत्रकार महासंघ इलाम शाखाको जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेस चौतारीका रोहितचन्द्र भट्टराई विजयी भए । उपाध्यक्षमा राजकुमार दाहाल, सचिवमा बुद्धवीर राई, सहसचिवमा सोम सुनुवार र कोषाध्यक्षमा ख्याम भुजेल विजयी भए । सदस्यहरूमा रीता राराहाङ, सुदीप श्रेष्ठ, कुमार गुरुङ, बलराम बराइली, राजेश पराजुली र जय राई चयन भए ।

केन्द्रीय सभासदमा सोमनाथ सुसेली, युवराज गौतम, बिमल प्रधान, प्रभाकर प्रधान, माधव घिमिरे, लोकेन थेवे, सटेन्द्र जवेगु, रोशन सावाँ, भीम चापागाईं, बुद्धि खनाल, डिल्ली चापागाइर्ं, कोकिला ढकाल, उमेश गुरुङ, बेनुप भट्टराई, युवराज पौडेल र बुद्धिप्रसाद खनाल विजयी भए ।

मोरङमा विष्ट : नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा महेन्द्र विष्ट निर्वाचित भए । निवर्तमान अध्यक्ष विक्रम निरौलालाई दुई मतले हराउँदै प्रेस चौतारीसम्बद्ध विष्ट अध्यक्ष भएका हुन् । उपाध्यक्षमा बन्धु पोखरेल, सचिवमा नवराज कट्टेल, कोषाध्यक्षमा सुवास कार्की निर्वाचित   । केन्द्रीय सभासदमा अबिजाल विष्ट, इन्दिरा भट्टराई, कमल पौडेल, कमल रिमाल, डिल्ली पोखरेल, नरेन्द्रप्रसाद दाहाल, विक्रम लुइँटेल, माधव अधिकारी, यज्ञ शर्मा, ललिता भट्टराई र सञ्जीव खनाल निर्वाचित भए ।   अजित तिवारी, भीम घिमिरे, लिलाबल्लभ घिमिरे, विनोद भण्डारी, कुमुद अधिकारी, अनन्तराज न्यौपाने र तारा आचार्य निर्वाचित भए । यसैगरी उद्धब घिमिरे, विजय खतिवडा, महाप्रसाद खतिवडा, मोहन भण्डारी, शिवबहादुर कार्की र गणेश लम्साल केन्द्रीय सभासद भए ।

 तेह्रथुममा तिम्सिना : नेपाल पत्रकार महासंघ तेह्रथुम शाखामा पुनः उद्धब तिम्सिना चयन भए । प्रेस चौतारीको बहिस्कारका बाबजुद उपाध्यक्षमा नरमाया श्रेष्ठ, सचिवमा आशा तुम्बाहाम्फे, सहसचिवमा विष्णुकुमार चोङबाङ र कोषाध्यक्षमा दिलकुमारी लिम्बू सर्वसम्मत चय भए । सदस्यमा यशोदा चेम्जोङ, मनकुमार फोम्बो, महेन्द्रप्रसाद गुरागाईं, रवि खाति छानिए । केन्द्रीय सभासदमा महेन्द्रप्रसाद काफ्ले, कमलप्रसाद ढुंगाना, नरेश ढुंगाना, सलबहादुर तिवारी, छिरिङ लामा, सन्तोष ढुंगाना, प्रेमप्रसाद गुरागाईं, रुपेश श्रेष्ठ र तारा श्रेष्ठ चयन भए ।

ओखलढुंगामा रुम्दाली: नेपाल पत्रकार महासंघ ओखलढुंगामा पुनः संघीय प्रेस युनियनसम्बद्ध दीपेन्द्र रुम्दालीको नेतृत्वमा सर्वसम्मत नेतृत्व छानिएको छ । उपाध्यक्षमा दिनेश काफ्ले, सचिव कुम्भराज राई, सहसचिव विनुमाया राई, कोषाध्यक्ष शिवप्रसाद ढुंगाना चयन भए । जुद्धबहादुर राई, महाजीत राई र युवराज गजमेर केन्द्रीय सभासद छानिए ।

खोटाङमा दमन ; नेपाल पत्रकार महासंघ खोटाङमा प्रेस चौतारीसम्बद्ध दमन राईको नेतृत्वमा निर्विरोध नेतृत्व चयन भयो । उपाध्यक्षमा सूर्य तामाङ, सचिवमा उजीर कार्की, सहसचिव केदार मगर र कोषाध्यक्ष डीएम चाम्लिङ चयन भए । रामधन राई, अमृत राई, शर्मिला राई, चुणामणि गदाल, संगीता राई र सचिन राई सदस्य भए । डम्बरसिंह राई, दिलिप खत्री, भीम राई र सईन्द्र राई सर्वसम्मत केन्द्रीय सभासद छानिए ।