बिहिबार, बैशाख १३, २०८१

पत्रकार महासंङघ दाङको नेतृत्वमा प्रेस युनियनका गौतम

 काठमाडौं चैत्र ४, गत संविधानसभाको निर्वाचनमा जस्तै यस पटक बामपन्थी पत्रकारहरुको दब्दबालाई चिर्दै नेपाल पत्रकार महासंघ दाङ, शाखामा नेपाल प्रेस fng logo 1युनियनले बर्चस्व कायम गरेको छ ।  प्राप्तसमाचार अनुसार पत्रकार महासंघ दाङशाखामा प्रेस युनियनका सुदीप गौतम अध्यक्षमा निर्वाचित भएका छन् ।
पत्रकार महासंघको महाधिवेशनमा प्रेस युनियनले पहिलो पटक अध्यक्षसहितका पदमा वर्चस्वसहित जित हासिल गरेको हो ।  नवौं महाधिवेशनमा कांग्रेस निकट प्रेस युनियनले गौतम, एमाले निकट चौतारीले प्रियसन तथा एमाओवादी, नेकपा–माओवादी, जनमोर्चा र स्वतन्त्र पत्रकारहरुका तर्फबाट उदय जिएमलाई चुनावी मैदानमा उत्रेका थिए ।

नयाँ कार्यसमितिमा पहिलो पटक अध्यक्षमा युनियनका गौतम निर्वाचित भएका छन भने उपाध्यक्षमा लक्ष्मी आचार्य, कोध्यक्षमा प्रेस युनियनका रोशनमान श्रेष्ठ, सचिवमा युनियनकै गजेन्द्र बोहोरा तथा सहसचिवमा क्रान्तिकारीका डिल्ली मल्ल निर्वाचित भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।  त्यस्तैगरि केन्द्रीय पार्षदमा विपुल पोखरेल, दुर्गालाल केसी, शरद अधिकारी, सन्तोष सुवेदी, रामप्रसाद पौडेल, नरेन्द्र केसी, टीकाराम उदासी, केवी मसाल, हीरामणि दुःखीलगायतका पत्रकार निर्वाचित भएको समाचारमा उल्लेख रहेको छ।