बिहिबार, बैशाख १३, २०८१

पत्रकार महासंङघ काठमाडौका लागि अध्यक्षमा बस्नेतले गरे उम्ममेदवारीको घोषणा

 काठमाडौँ चैत ६, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको यही चैत ८ गते हुने अधिवेशनमा शाखाकै पूर्व सचिव दिनेश बस्नेतले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ। विगत १७ वर्षदेखि निरन्तर श्रमजीवि पत्रकारका रुपका कार्यरत बस्नेतले बस्नेतले बुधबार एक वक्तव्य जारी गरी नेपाल पत्रकार fng logo 1महासंघको काठमाडौ शाखा देशभरको सबैभन्दा ठुलो शाखा रहेको र ठुलो मात्र नभई अन्य शाखाभन्दा यो विशिष्ठ शाखा भएकाले आफ्नो व्यवसायिक अनुभव शाखामार्फत आम श्रमजीवि पत्रकारको हितमा लगाउन चाहेको उल्लेख गर्नु भएको छ।   बस्नेतले वक्तव्यमा सूचना प्रविधिको विकाससँगै साना लगानीका सञ्चार माध्यमलाई समयअनुकुल संरक्षण मात्र नभई प्रवर्द्धनसमेत आवश्यक रहेको भन्दै साना लगानीका संचार माध्यममा कार्यरत संचारकर्मीहरुको दक्षता वृद्धिमा लाग्ने उल्लेख गर्नु भएको छ।

यसैबीच पूर्व सचिव बस्नेतको उम्मेदवारी घोषणालाई क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र नेपाल प्रेस युनियनले समर्थन जनाएका छन् । संघका अध्यक्ष एवं महासंघ काठमाडौका पूर्व सभापति ईश्वरी वाग्ले, क्रान्तिकारी पत्रकार महासंघ एवं पूर्व उपसभापति धनबहादुर मगर र प्रेस युनियनका क्षेत्रीय संयोजक होम लम्सालले संयुक्त वक्तव्यमार्फत बस्नेतको उम्मेदवारीप्रति समर्थन जनाउनु भएको हो ।
संयुक्त वक्तव्यमा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको यही चैत ८ गते हुन गइरहेको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन प्रक्रियामा व्यवसायिक तथा श्रमजीवि पत्रकार दिनेश बस्नेतले घोषणा गर्नु भएको अध्यक्ष पदको उम्मेदवारीप्रति हामीहरु हार्दिक समर्थन गर्ने उल्लेख छ । वक्तव्यमा चैत ८ गते हुने निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा पत्रकार दिनेश बस्नेतसहित उहाँको नेतृत्वको साझा प्यानलका उम्मेदवारहरुका पक्षमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन आफ्ना सदस्यहरुमा आग्रह गर्दै संचारसँग सम्बन्धित पेसागत संगठनहरुका साथै महासंघ काठमाडौ शाखाका सम्पूर्ण सदस्यहरुलाई हार्दिक अनुरोध गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728