शुक्रबार, चैत्र १६, २०८०

पत्रकार महासंघको २४ औं महाधिवेशन वैशाख २० र २१ गते काठमाडौँमा हुने

काठमाडौँ चैत १७ , नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन प्रेस स्वतन्त्रता दिवस मे ३ अर्थात आगामी वैशाख २० र २१ गते   काठमाण्डौमा हुने भएको छ । महासंघको सोमबार fng logo 1सिन्धुपाल्चोकमा बसेको केन्द्रिय समितिको वैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो । एजेण्डाका हिसावले वर्तमान कार्यसमितिको यो अन्तिम वैठक समेत हो । अधिवेशनको मिति र स्थान तय भएसंगै पत्रकारहरुबिच चुनावी सरगर्मी बढेको छ ।