बिहिबार, बैशाख १३, २०८१

नेपालद्वारा बिम्स्टेकको अध्यक्षता ग्रहण

  शरच्चन्द्र भण्डारी /रासस /नेपिट, (म्यान्मा) फागुन  २० , नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को औपचारिक रुपमा अध्यक्षता ग्रहण गरेको छ । आज यहाँ सम्पन्न तेस्रो शिखर सम्मेलनमा उक्त उपक्षेत्रीय समूहको अध्यक्ष राष्ट्र म्यान्माले baithak प्रधानमन्त्री सुशील कोइरालालाई बिम्स्टेकको अध्यक्षता हस्तान्तरण गरेको हो । उक्त देशका राष्ट्रपति उ थिनसिनले प्रधानमन्त्री कोइरालालाई सङ्गठनको झण्डा हस्तान्तरण गरी पदभार सुम्पनुभयो ।

सदस्यता ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले बिम्स्टेकका साझा लक्ष्य हासिल गर्न नेपाल पारस्परिक सहकार्यका साथ अघि बढ्न तयार रहेको बताउनुभयो । सदस्य राष्ट्रमा विद्यमान गरिबी घटाउनेतर्फ पनि आपसी सहयोग एवम् समन्वयका साथ काम गर्नुपर्नेमा उहाँको जोड थियो । सम्मेलनले नेपाललाई नयाँ अध्यक्षका रुपमा स्वागत गरेको छ । त्यसैगरी सम्मेलनले बिम्स्टेकको पहिलो महासचिवमा श्रीलङ्काली नागरिक सुमथ नाकनदालालाई अनुमोदन गरेको छ भने ढाकामा सङ्गठनको स्थायी सचिवालाय स्थापना गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै बिम्स्टेक सांस्कृतिक उद्योग आयोग र मौसम तथा बिम्स्टेक जलवायु केन्द्र स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । सदस्य देशका राष्ट्र÷सरकार÷ विशेषदूतको उपस्थितिमा सम्बन्धित राष्ट्रका विदेशमन्त्रीले ती समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । (तस्वीर साभारः मनमोहन सिंह ट्वीटर)

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728