बिहिबार, चैत्र १५, २०८०

देवरद्वारा भाउजूको हत्या

 भक्तपुर फागुन १७, भक्तपुरको सिरुटार गाविसमा आज साँझ देवरले आफ्नै भाउज्यूको छुरी हानेर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । घटनाविवरण knifeअनुसार राजु भनिने तुइन कायस्थले साँझ आँगनमा रहेको धारामा पानी थाप्न घरको माथिल्लो तलाबाट आएकी जेठी भाउज्यू सुनकेशरीलाई कुटसपट गर्दै छुरी हानेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

पानी लिन गएकी श्रीमती नआएपछि माथिल्लो तलामा रहेका सुनकेशरीका श्रीमान् रामकृष्ण तल आएपछि मात्र घटनाबारे थाहा पाएर घाइतेलाई गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएकामा अस्पतालमै मृत्यु भएको हो ।