शुक्रबार, चैत्र १६, २०८०

ट्वान्टी–ट्वान्टी विश्वकप: नेपाल बंगलादेशसँग ८ विकेटले पराजित

काठमाडौँ चैत ५, बङ्गलादेशमा जारी आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बङ्गलादेशबीचको मंगलवारको खेलमा टस  ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट जितेर बलिङ रोजेको बङ्गलादेशसंग नेपाल   ८ विकेटले पराजित भएको छ । हिजोको खेलमा नेपालले पाँच विकेट गुमाउँदै १२६ रन बनाउन सफल भएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको आयोजक राष्ट्र बङ्गलादेशले १५ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा सो लक्ष्य पुरा गरेको थियो ।

यद्यपी लगातार दुर्इ जितले बंगलादेशमो सुपर टेन प्रवेशको संभावना बलियो बनेको छ । तर नेपाल र अफगानिस्तान प्रतियोगिताबाट वाहिरिएका छैनन् । विहीबारको अन्तिम दिनको खेलले उनीहरुको अर्को चरण प्रवेशको संभावना कायमै राखेको छ । अर्को खेल नेपालले अफगानिस्तानसँग खेल्नेछ ।