शनिबार, बैशाख ८, २०८१

ट्याक्सी दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु

 काठमाडौं चैत्र १६, काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा१ज ३९९० नम्बरको ट्याक्सी गएराति मकवानपुरको सिस्नेरी गाविस–३ माल्टाडाँडामा दुर्घटना taxi_हुँदा दुई परिवारका छ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बेलिया गाविस–३ बस्ने वर्ष ३६ की दुर्गा पौडेल, निजको ११ वर्षका छोरा पराञ्जल पौडेल र तीन वर्षकी छोरी पराञ्जलि पौडेल तथा काठमाडौँ बस्दै आएकी वर्ष २६ की कुसुम विष्ट, निजको १० वर्षका छोरा उद्धव विष्ट र चार महिनाकी छोरी रहेको जिल्ला प्रहरी कार्यालयलाइ उदृत गर्दै प्राप्त सममाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै सडकबाट करिब ५० फिट तल खसेको उक्त ट्याक्सीका चालक यज्ञ पौडेल गम्भीर घाइते भएका र उनलाई काठमाडौँको वीर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।