बिहिबार, बैशाख ६, २०८१

जनकपुर बमकाण्डमा सभासद् सञ्जय साह पनि तानिए

 काठमाडौं चैत्र ४, जनकपुर बमकाण्डलगायतका घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले सभासद् सञ्जय साह टक्लालाई पक्राउ पुर्जी काटेको छ । पक्राउ परेका अभियुक्तहरूको बयानमा साहको पनि संलग्नता देखिएपछि उनी प्रहरी छानबिनमा तानिएका हुन् । जनकपुर बमकाण्डमा पहिला पनि सभासद् साहको संलग्नताबारे हल्ला भएको थियो । कुनै प्रमाण नभेटेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । तर, बमकाण्डका नाइके मुकेश चौधरी  सभासद् सञ्जय साह दुई साताअघि पक्राउ परेपछि उनीमाथि छानबिन गर्दा साह पनि तानिएका हुन् ।

स्रोतका अनुसार चौधरी पक्राउ परेलगत्तै भूमिगत भएका सभासद् साहले आफ्नो पक्राउ रोक्न हारगुहार गरिरहेका छन् । तर, प्रहरीले उनलाई पक्राउ गर्ने विषयमा सभामुख सुवास नेम्वाङसँग समेत राय लिइसकेको स्रोत बताउँछ ।  नेपाल प्रहरीले औपचारिक रूपमा यस विषयमा केही बताएको छैन । स्रोतका अनुसार धनुषा प्रहरीले सभासद् साहलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो तथा काठमाडौं प्रहरीसँग सहयोग मागिसकेको छ ।

साह धनुषा–४ बाट प्रत्यक्षतर्फ विजयी सभासद् हुन् । उनी राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावना पार्टीका उपाध्यक्षसमेत हुन् । पहिलेदेखि नै विवादास्पद छवि भएका उनको तराईको आपराधिक समूहसँग लामो समयदेखि सम्बन्ध रहँदै आएको प्रहरीको दाबी छ ।  तराईमा आतंक मच्चाउँदै आएका तराई जनतान्त्रिक पार्टीका कमान्डर मुकेश चौधरी दुई साताअघि भारतबाट पक्राउ परेका थिए । जनकपुर बमकाण्डमा संलग्नको आरोपमा राजन मुक्ति भनिने रञ्जित झालगायतका व्यक्ति यसअघि नै पक्राउ परिसकेका छन् ।  ‘मुकेश चौधरी पक्राउ परेपछि साहविरुद्ध प्रमाण जुटेको छ,’ अनुसन्धानमा आबद्ध धनुषाका एक प्रहरीले भने, ‘चौधरी र साहबीच निकै निकटको सम्बन्ध देखिएको छ ।’ चौधरीले विस्फोटका सामग्री जुटाउन साहले सहयोग गरेको बयान दिएको प्रहरी स्रोतलाइ उदत गर्दै नयाँ पत्रिमा समाचारमा प्रकाशित रहेको छ ।  १८ वैशाख ०६९ मा जनकपुरको रामानन्दचोकमा भएको बम विस्फोटमा पाँचजनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । पत्रकार उमा सिंहको हत्यालगायतको अपराधमा पनि सोही विस्फोट गराउने समूह सक्रिय रहेको प्रहरीको अनुसन्धानले पुष्टि गरिसकेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728