शुक्रबार, चैत्र १६, २०८०

चौलागाईको चलखेल विरुद्ध शाखा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु गोलवद्ध हुने तयारीमा

काठमाडौं चैत्र ३ , नेपाल पत्रकार महासंघमा सबैभन्दा धेरै सदस्य भएको शाखाका रुपमा परिचित काठमाडौ शाखाको नयाँ नेतृत्व चयनका लागि ८ चैतमा Pravin_0अधिवेशन हुदैछ । तर   निर्वाचनको लागि केन्द्रीय समितिले जारी गरेको निर्वाचन निर्देशिका विपरित काठमाडौं शाखाका वर्तमान कार्य समितिका केहि पदाधिकारीले सचिवालय बैठकको निर्णय भन्दै   शाखाका पूर्व सभापतिको नेतृत्वमा ५ सदस्यीय  निर्वाचन समिति गठन गरे पछि विवाद र विमतिको खाडल चरमरुपमा विस्तारित भएका छन ।

प्राप्त सूचना अनुसार शाखा अध्यक्ष गोविन्द चौलागाइले एकतर्फि रुपमा  निर्वाचन समितिको गठन गर्दा शाखाको पूर्ण कार्यसमितिको बैठकले अनुमोदन नै नगराई  गर्दै आएको चलखेल लगायतका यावत अन्य प्रसंङ  विरुद्ध शाखा कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु गोलवद्ध हुने तयारीमा जुटेको बुझिएको छ ।

त्यसो त शाखा अध्यक्ष चौलागाइले जारी निर्देशिका र विधि र प्रक्रियालाइ मिच्ने मात्र नभई यसअघि पनि अनेकन विवादास्पद कार्य गर्नपछि नपरेको बताउँदै अध्यक्ष चौलागाइको लिला अपरम्पार रहेको शाखासम्वद्ध एक सदस्यले बताए ।

त्यस्तै शाखा अधिवेसनको पूर्व सन्ध्यामा कहिले सदस्यता विवाद त कहिले आर्थिक चलखेलको एक पछि अर्को गदै देखिएको विवाद मात्र नभएर शाखाका पदाधिकारीवीच विद्यमान पानी वारावारको स्थिती कारण शाखा अधिवेसन कसरी सम्पन्न हुँने हो आफैमा अन्यौल रहेको शाखाका साधारण सदस्यहरुले हामीसंगको भेटमा चिन्ता प्रकट गरे । त्यस्तै नेतृत्वमा आउँनुअघि शाखाको भवन बनाउँने लगायतका थुप्रै रचनात्मक कार्य गर्दै पेशागत संङठनको मर्यादालाई अक्ष्ुण्ण राख्छु भन्ने जस्ता अनेकन प्रतिवद्धता प्रकट गर्दै बुर्लक बुर्लक उफे्रेका चौलागाइले   ३ वर्षको कार्यकालमा सिङको समेत नभाँचेको भन्दै पत्रकारहरुको एक जमात आक्रोशित देखिएका छन ।  यद्यपी पत्रकार महासंघको चैत ८ गते हुने भनिएको अधिवेसन मार्फत नयाँ नेतृत्वका वागडोर सम्हाल्नका लागि कर्मथ पत्रकारहरुले आ-आफ्नो लविङ अभियानलाई तिव्रता दिदै    चौलागाईको कुत्सित नजरबाट शाखालाई बचाउँन  चुनावी मैदानमा आउँने तयारीमा जुटेको बुझिएको छ ।

यस्तो छ निर्वाचनको लागि केन्द्रीय समितिद्दारा जारी निर्वाचन निर्देशिका