काठमाडौ फागुन १९, सहकारीमार्फत दिगो आर्थिक विकास र सामाजिक न्याय भन्ने नाराका साथ प्रथम राष्ट्रिय सहकारी महासम्मेलन आगामी चैत ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने भएको छ । प्रथम राष्ट्रिय सहकारी सहासम्मेलन आयोजना सम्बन्धमा जानकारी दिन महासम्मेलन मूल समारोह समितिले आज आईतवार पत्रकार सम्मेलन गरी नेपालमा सहकारी क्षेत्रमा हालसम्म भएका उपलब्धिको सिंहावलोकन तथा भावी कार्यदिशा तय गर्न र संविधानमा सहकारी क्षेत्रलाई उचित स्थान दिई सहकारी मत्री ऐन÷नियम तर्जुमा गर्न सहकारी महासम्मेलनको आयोजना गरिन लागेको जानकाी दिइएको छ ।
त्यस्तै नेपालमा हाल २९ हजार ५२६ प्रारम्भिक सहकारी संस्था, २८५ जिल्लास्तरीय सङ्घ, एक राष्ट्रिय सहकारी बैंकसमेत गरी विभिन्न विषयका १७ केन्द्रीय सहकारी सङ्घ र छाता सङ्गठन राष्ट्रिय सहकारी सङ्घ छन् । नेपालमा सहकारी अभियानमा ४८ प्रतिशत महिलासहित ४२ लाखभन्दा माथि सदस्य संलग्न रहेको जनाकारी दिदै मूल समारोह समितिका सहअध्यक्ष तथा राष्ट्रिय सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष केशवप्रसाद बडालले महासम्मेलनले संविधानमा सहकारीमैत्री कानुन बनाउनाका साथै सर्वसाधारणमा सहकारीप्रति सकारात्मक भावना जागृत गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रस्तुत महासम्मेलनले सहकारी सङ्घ÷संस्थाप्रतिको विश्वसनीयता वृद्धि गरी, कमजोर वर्ग, क्षेत्र र समुदायको आर्थिक उपार्जन र सामाजिक सशक्तीकरणमा सहकारी पद्धतिलाई उत्तम व्यावसायिक नमुनाका रूपमा अपनाउँदै राष्ट्रको आर्थिक वृद्धि, रोजगारको सिर्जना र गरिबी निवारण गर्न सहयोग पुग्ने पत्रकार बताउँदै महासम्मेलनमा विश्व सहकारी अभियानको सबैभन्दा माथिल्लो निकाय अन्तर्राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष डेम पाउलिन ग्रीनलगायत विदेशी सङ्घ÷संस्थाका प्रतिनिधि, सभासद्, विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक, मन्त्रालय, आयोग÷बोर्ड, सहकारी बैंक र ७५ वटै जिल्लाका जिल्लास्तरीय सहकारी सङ्घ÷संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब ७५० प्रतिनिधिको सहभागितासम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।