शनिबार, बैशाख ८, २०८१

काँग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन स्थगित

 काठमाडौँ चैत १२, कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन अन्तिम समयमा स्थगित गरिएको छ । सहमतिको लागि भन्दै शुक्रबारसम्मको लागि images-cms-image-000002130निर्वाचन स्थगित गरिएको कांग्रेसले जनाएको छ । सर्वसम्मत कार्यसमिति सदस्य छान्नको लागि मतदान स्थगित गरिएको प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए । त्यस्तै निर्वाचन स्थगित भएपछि काँग्रेसले सर्वसम्मत नेतृत्व चयनका लागि समिति गठन गरेको छ । समितिमा पूर्णबहादुर खड्का, आनन्द ढुंगाना र चिनकाजी श्रेष्ठ छन् । १७ सदस्यीय कार्यसमितिका लागि ४३ जनाको उम्मेदवारी परेको थियो । आज ३ बजेका लागि तोकिएको निर्वाचनमा मत खसाल्न सभासद्हरु लाइन बसिसकेको अवस्थामा मतदान स्थगित भएको हो । 

कांग्रेस संसदीय दलमा कार्यसमितिको उपनेता, प्रमुख सचेतक र सचेतक मनोनित हुने व्यवस्था छ भने सदस्यहरु निर्वाचनबाट छानिन्छन् । ५ विकास क्षेत्रबाट १-१ जना र समावेशी तर्फबाट १२ जना कार्यसमिति सदस्य हुन्छन् ।