बिहिबार, चैत्र १५, २०८०

एमाओवादी नेतृत्वलाई माओवादी र अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न जिल्ला संयोजकको सुझाव

 काठमाडौँ फागुन २४, आसन्न वैशाख १८ गतेका राष्ट्रिय सम्मेलनलाई सफल बनाउन आवश्यक काय गर्ने निर्णय सहित एनेकपा (माओवादी)को जिल्ला संयोजकको दुईदिने भेला सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बाट एमाओवादी केन्द्रीय सङ्गठन विभागको आयोजनामा सुरु भएको UCPN_Maoist_Head_Office_Paris_Danda1भेलामा केही जिल्ला संयोजकले नेतृत्वलाइ नेकपा–माओवादी र अन्य साना कम्युनिस्ट पार्टीसँग एकता गर्न समेत सुझाव दिएको बुझिएको छ । 

 यस्तै प्रवक्ता दीनानाथ शर्माका अनुसार भेलामा नेताद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले संविधानसभाको मत परिणामका आधारमा निरास नहुन र जनताको सेवामा खुला र स्पष्ट भएर लाग्न निर्देशन दिँदै जनताको बीचमा प्रतिबद्ध भएर लागे फेरि पनि जनताले एमाओवादीलाई साथ दिने विचार राख्नुभएको थियो । भेलामा आएका लिखित र मौखिक सुझावअनुसार केन्द्रीय सङ्गठन विभागले आवश्यक निर्देशन गर्ने निर्णयसमेत गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभएको छ ।