बिहिबार, बैशाख १३, २०८१

आज विश्वभर १०४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै

काठमाडौं फागुन २४ , आज विश्वभर १०४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदैछ । यसक्रममा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदैछ । सरकारी र गैरसरकारी स्तरमा विभिन्न कार्यक्रम गरिँदै छन् । यस वर्ष अन्तर्राष्ट्रिय स्तरमा समानता महिलाका लागि, प्रगति सबैका लागि भन्ने सन्देश तय गरिएको छ ।
नेपा लमा भने महिला नेतृत्वका लागि होउँ जम्मा, घरदेखि संविधानसम्म भन्ने सन्देशका साथ यो दिवस मनाइदैछ ।

महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गर्ने प्रम कोइरालाको  आव्हान 

यसैवीच प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा प्रधानमन्त्री कोइरालाले आज शुभकामना सन्देश दिँदै जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाहरू देश विकासको मेरुदण्ड हुन्, विकासको सहयात्रीका रूपमा प्रत्येक क्षेत्रमा महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको बताउनुभएको छ ।

सरकारी नीति, कार्यक्रम र कार्ययोजनामा महिलाको अधिकतम सहभागितालाई सुनिश्चित गर्न उच्च प्राथमिकता दिइएको उल्लेख गर्दै उहाँले रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्था गरिएको बताउँदै उहाँले सन् २०१० देखि महिलाविरुद्धको हिंसाको विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले पाँचवर्षे ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९’ कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीयस्तरमा विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको बताउँनु भएको छ ।

त्यस्तै प्रधानमन्त्री कोइरालाले नेपाल सरकारका उपयुक्त प्रयास हुँदाहुँदै पनि पुरुषको तुलनामा गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य महिलाको पहुँच न्यून रहेको छ ।” उहाँले रोजगारी तथा राजनीतिमा पनि महिलाको पहुँच र सहभागिता पुरुषको दाँजोमा न्यून छ भन्दै सरकारका ती प्रयासलाई अझ सशक्त पार्न यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा नागरिक समाजलाई आआफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान सहित महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृति विकास गर्ने प्रण गराँै भन्दै प्रधानमन्त्री कोइरालाले महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न सरकारले अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने अभियानमा एक भएर लाग्न सम्पूर्ण देशवासी, दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गर्नुभएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728