शुक्रबार, बैशाख ७, २०८१

आज तराईका २१ जिल्लामा धुमधामसँग होली मनाइँदै

 काठमाडौं चैत ३, आज तराइका जिल्लाहरुमा होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले imageसाथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ ।
हिरण्यकश्यपुले विष्णु भक्तिबाट विचलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भष्म भएको तर भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।

यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ । सरकारले हिजो होली मनाइने ५४ जिल्लामा र आज तराईका २१ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728