शुक्रबार, चैत्र १६, २०८०

बेलुका ६ देखि ९ बजेसम्म विद्युत्भार कटौती नहुने व्यवस्था गर्देछु : ऊर्जा मन्त्री ज्ञवाली

काठमाडौ फागुन २४,ऊर्जा मन्त्री राधा ज्ञवालीले आज काठमाडौँमा अन्तर्राष्ट्रिय महिला दिवस–२०७० का अवसरमा डिल्लीबजार कन्या बहुमुखी imageक्याम्पसद्वारा आयोजित कार्यक्रममा बोल्दै बेलुका खाना पकाउने, विद्यार्थीहरु पढ्ने र समाचार हेर्ने बेलामा विद्युत्भार कटौतीको मार खेप्दै आएका सर्वसाधारणहरुलाइ राहत स्वरुप निकट भविष्यमै बेलुका ६ देखि ९ बजेसम्म विद्युत्भार कटौती नहुने व्यवस्था गर्दै गरेको बताउँनु भएको छ । साथै मन्त्री ज्ञवालीले आफू दैनिक १२ घण्टा विद्युत्भार कटौती भइरहेको चुनौतीपूर्ण समयमा ऊर्जा मन्त्री भए पनि पाँच वर्षभित्र मुलुकलाई विद्युत्भार कटौती मुक्त बनाउन कार्ययोजना बनाउनतर्फ केन्द्रित रहेको जानकारी गराउनुभयो ।

 अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा र्‍याली

 यसैवीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भृकुटीमण्डपबाट आज र्‍याली निकालिएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र महिला आयोगले संयुक्तरुपमा निकालेको सो र्याली भृकुटीमण्डपबाट पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भद्रकाली सुन्धारा, नयाँ सडक हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले समाजमा महिलामाथि हुने गरेका विभेद्को अन्त्य गर्नुपर्नेमा जोड दिँदै महिला समुदायको विकासका लागि महिला सशक्तीकरणको आवश्यकता रहेको बताउनुभयो ।

आयोगका अध्यक्ष शेष चाँदताराले देशमा शान्तिपूर्ण समाजको स्थापना गरी उनीहरुलाई अघि बढाउन महिलामैत्री संविधान निर्माणको खाँचो रहेको भन्दै महिलालाई नीति निर्माणका तहमा पुर्याउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । यसवर्ष १०४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समानता महिलाका लागि प्रगति सबैका लागि, महिला नेतृत्वका लागि हौँ जम्मा घरदेखि संविधानसभासम्म भन्ने नारा तय गरिएको छ । सो अवसरमा महिला अधिकारसम्बन्धी नाटकसमेत प्रस्तुत गरिएको थियो । रासस