आइतवार, जेष्ठ १४, २०८०

२३९ जना यात्रुसहित मलेशियाबाट बेइजिङ तर्फ उडेको विमान सम्पर्कविहिन

काठमाडौं फागुन २४, मलेसियन एअरलाइन्सको ७७७–२०० विमान क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङ जाने क्रममा सम्पर्कविहिन भएको अन्ताष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विमानमा चालकदलका १२ सदस्यसहित दुईसय ३९ जना यात्रु थिए । क्वालालम्पुरबाट उडेको दुई घन्टापछि बिमान mas airसम्पर्कविहिन भएको थियो ।    बीबीसीका अनुसार उक्त विमानमा चालक दल र यात्रु गरेर २३९ जना सवार छन । । स्थानीय १२ बजेर ४१ मिनेटमा उडन भरेको विमान विहान ६ बजेर ३० मिनेटमा बेइजिङ पुग्नुपर्ने थियो । तर करिब २:४० बजेदेखि सम्पर्क विच्छेद भएको बोइङ ट्रिपल सेभेनमा २२७ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए ।

विमान कहाँ र कुन हालतमा छ भन्ने प्रष्ट भएको छैन । मलेशियन अधिकारीहरुले जहाजको खोजी भैरहेको जनाएका छन् । विमानमा विभिन्न १३ देशका नागरिक रहेको बताइएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विमान भियतनामको आकाशमाथि पुगेपछि हराएको आशंका गरिएको छ । विमानमा १६० जना चिनियाँ नागरिक रहेको सिन्ह्वाको भनाइ छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728