काठमाडा फागुन २६, सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताबमोजिम समयमा कार्य सम्पन्न नगरेका विभिन्न नौ फर्म एवम् कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको जानकारी दिएका छन । यसरी कालोसूचीमा राखेका फर्म तथा कम्पनीहरु क्रमस सके निर्माण सेवा बर्दिया, दिवा निर्माण सेवा सातदोबाटो, डिग्री निर्माण सेवा सुनसरी, मनिरा सप्लायर्स कालीमाटी काठमाडौँ, सान्स विल्डर्स बागदरबार, एनएस कन्ट्रक्सन काठमाडौँ र देवचुली कन्ट्रक्सन प्रालि रहेको बताउँदै खरिद अनुगमन कार्यालय सहसचिव नरेशकुमार चापागाईंले कसुरको मात्रा हेरी समय बढाउँदै लान सकिने तथा केहीलाई तीन वर्षसम्म पनि कालोसूचीमा राख्न सकिने बताउँनु भएको छ ।