जनकपुर फागुन १९, गत २०६६ फागुन १७ गते जनकपुर टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिङ्घानियाको हत्या गनुको अलावा जनकपुर बम काण्डका आरोपी मुकेश चौधरीलाई पक्राउ गरिएको छ । तराई जनतान्त्रिक पार्टी र तराई विद्यार्थी लिवरेसन फ्रन्टका अध्यक्षका रुपमा चौधरी प्रकाश विद्यार्थी र अर्जुन चौधरी नामबाट तराईमा हत्या, चन्दा आतङ्क, अपहरण, धम्की दिने कार्य गर्दै आएका चौधरीलाई भारतमा पक्राउ गरी नेपाली प्रहरीलाई बुझाइएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ । भारतीय प्रहरीले नेपालगन्जमा आइतबार चौधरीलाई नेपाल प्रहरीको जिम्मा लगाएको बुझिएको छ । चौधरीले गत २०६९ साल वैशाख १८ गते रामानन्दचोकमा गराएको बम विस्फोटमा परि ग पाँचजनाको मृत्यु र दर्जनौँ व्यक्ति घाइते भएका थिए ।