आइतवार, जेष्ठ १४, २०८०

संसदको बैठकबाट सङ्गठित अपराध निवारण अध्यादेश सहित चार महत्वपूर्ण अध्यादेश स्वीकृत

 काठमाडौँ फागुन २६ ,व्यवस्थापिका–संसद्को आजको बैठकले तत्कालीन अन्तरिम मन्त्रिपरिषद्ले विभिन्न मितिमा  जारी गरेको   चार sansadhमहत्वपूर्ण अध्यादेशलाई स्वीकृत गरेको छ । स्विकृत गरिएको  अध्यादेशमा    ‘सुपुर्दगी अध्यादेश, २०६९’, सङ्गठित अपराध निवारण अध्यादेश, २०६९’, नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन) अध्यादेश, २०६९’ र निजामती सेवा तेस्रो संशोधन), अध्यादेश, २०६९’ रहेका छन ।

सुपुर्दगी अध्यादेश, २०६९ लाई स्वीकृत गरियोस् भनी उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले प्रस्तुत गर्नुभएको थियो । सो अध्यादेश अस्वीकार गरियोस् भनी प्रेम सुवालले प्रस्तुत गर्नुभएको सूचनालाई बहुमतले अस्वीकार गरेको थियो । ‘सङ्गठित अपराध निवारण अध्यादेश, २०६९’ लाई अस्वीकार गरियोस् भनी गोपाल दहितले प्रस्तुत गर्नुभएको सूचना पनि बहुमतले अस्वीकार भएको थियो ।

छलफलमा भाग लिँदै गिरिराजमणि पोखरेल, दहित, सुवाल, शक्तिबहादुर बस्नेत, तेजुलाल चौधरी, वैजनाथ चौधरी, डा वंशीधर मिश्र, डिलबहादुर नेपाली, सिपी मैनाली, गगनकुमार थापा, विश्वेन्द्र पासवान र गीता क्षेत्रीले प्रतिस्थापन विधेयक ल्याउँदा स्वाथ्य क्षेत्रको नयाँ नीतिसहित पुनःसंरचना गराउने गरी प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । संसद्को अर्काे बैठक आगामी चैत ४ गते बिहान ११ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728