बिहिबार, मंसिर २३, २०७८

संविधान निर्माणपूर्व स्थानीय निकायको निर्वाचन : उपप्रधानमन्त्री सिंह

 कठमाडौं चैत्र १७, उपप्रधानमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारको पहिलो प्राथमिकता भनेको नयाँ संविधान तथा स्थानीय चुनाव भएको बताउनुभएको छ । पर्वतको  कुस्मा बजारमा आज  सम्पन्न्  कार्यकर्ता भेटघाट कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री सिंहले स्थानीय चुनाव नहुँदा स्थानीय pm dhinghनिकायमा भ्रष्टाचार बढेकाले तत्काल सहमति गरी स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय निकायको निर्वाचन गर्न प्रधानमन्त्री पनि सकारात्मक रहेको बताउँदै मन्त्री सिंहले नयाँ संविधान निर्माणपूर्व स्थानीय निकायको निर्वाचन गरिने ठोकुवा गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।   

उहाँले भन्नुभयो–“सबै राजनीतिक दलको सहमतिमा नै स्थानीय निकायको निर्वाचन हुनेछ, काँग्रेसले जनतासामु गरेको वाचा पूरा गरेरै छाड्छ, हामीले एक वर्षभित्र संविधान बनाउने भनेका थियौँ, त्यहीअनुसार संविधान बनाउन भूमिका खेल्छौँ ।” मन्त्री सिंहले उच्चस्तरीय राजनीतिक समितिले संविधान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अर्को एक प्रसङ्गमा उहाँले पार्टीलाई बलियो बनाउनका लागि सम्पूर्ण कार्यकर्तालाई एक जुट भएर लाग्नसमेत आग्रह गर्नुभयो । यसैबीच उपप्रधानमन्त्री सिंहले सरकारी कार्यालयका प्रमुखलाई जनतालाई सेवा दिनका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728