मङ्लबार, जेष्ठ २३, २०८०

लोकतन्त्रको जगमा मात्रै मुलुकको आर्थिक तथा सामाजिक विकास सम्भव: उपसभापति पौडेल

 ललितपुर फागुन २३, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाल दलित सङ्घद्वारा ललितपुरमा आज आयोजित प्रथम राष्ट्रिय दलित सदनको प्रथम बैठकको उद्घाटन एवम् दलित सङ्घद्वारा प्रकाशित ‘रुपान्तर’ नामक किताबको पनि विमोचन गर्दै लोकतन्त्रको जगमा मात्रै मुलुकको आर्थिक–सामाजिक विकास ram chandraसम्भव हुने बताउनु भएकोछ ।  त्यस्तै उहाँले मुलुकमा विद्यमान दलितप्रतिको परम्परागत विभेद तथा वर्गवादी विसङ्गतिलाई हटाउन सबै लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् मानबहादुर विश्वकर्माले सङ्गठित आवाजबाट मात्रै आफ्नो हकअधिकार पाउन सकिने स्मरण गराउँदै त्यसैका लागि दलित सदन संस्थाको स्थापना भएको जानकारी दिनु भएको थियो भने दलित विभाग प्रमुख जीवन परियारले आफ्नो समुदायलाई मजबुत बनाउँदै दलितका हकअधिकार स्थापित गर्न दलित सदनले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको उक्त कार्यक्रममा नेका ललितपुरका सभापति एवम् सभासद् मदनबहादुर अमात्य, सुजाता परियार, ध्यानगोविन्द रञ्जित, चन्द्र महर्जन, खड्गबहादुर बस्याललगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728