काठमाडौँ फागुन १७ ,राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच आज साँझ शितल निवासमा भेटवार्ता भएको छ । भेटका क्रममा
प्रधानमन्त्री कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को तेस्रो शिखर सम्मेलनमा भाग लिनेबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
फागुन २० गते म्यान्माको राजधानी नेपिटमा हुने बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।त्यसअघि प्रधानमन्त्री कोइरालाले भ्रमणका एजेण्डाका बारेमा भोलि बिहान सर्वदलीय छलफल गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।