भक्तपुर चैत १/ (रमेश गिरी) ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’– अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि’ भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा अचेल हरेक दिन गुञ्जने गर्छ नेवारी भाषाको यो गीत ।
फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु हुने फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनसँगै बिदाइ गर्दछन् । होलीलाई यौनपर्वको रुपमा दाज्दै आएको गुठीले हरेक वर्ष झै यस वर्ष पनि फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमको रुपमा प्रदर्शनमा राखेको छ । यसलाई पूजा एवम् दर्शन गर्न स्थानीयको सधैँ बिहान घुइँचो लाग्ने गर्दछ भने यो हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकको आगमन उत्तिकै छ । शनिबार र मङ्गलबार यसको पूजा एवम् दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने परम्पराअनुसार आज बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो छ ।
काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान भक्तपुरको टोल छिमेक, घर, पसलैपिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइन्छ । भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू भनिने बताउनुहुन्छ । चिर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने उहाँले बताउनुभयो ।
होली सुरु हुनुअघि फागुन शुक्ल अष्टमीका दिन बिहान भीमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलैपिच्छे लिङ्ग दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाएको लिङ्गलाई भक्तजनले स्पर्श गरी ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रही आएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउनुहुन्छ ।
बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याएको छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिको रुपमा नभइ सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपदीको यौन समागमको रुपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ ।
साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने भए पनि विशेषत भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ । चिर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । मन्दिरमा झुन्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न र दर्शन गर्न भक्तपुरका मात्र नभइ उपत्यका कै व्यापारी र धार्मिक विश्वास राख्ने व्यक्ति र महिला एवम् पुरुष आउने गरेको भीमसेन गुठीका कृष्णबहादुर गायजुले बताउनुभयो । फागुपूर्णिमाको दिन साँझ मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राखेपछि विधिवत् रुपमा होली समापन हुने उहाँले बताउनुभयो । मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा चल्ने गर्दछ । भीमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकाले होलीको यो परम्परा पनि यही बेलादेखि सुरुवात हुनसक्ने संस्कृतकर्मीको भनाइ छ । रासस
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- आव ०८०/८१ को बजेट माथि छलफलका लागि दुवै सदनको संयुक्त बैठक बस्दै
- पश्चिमी र स्थानीय वायुको प्रभाव: देशको पहाडी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
- मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
- निर्वाचन कार्यालय खारेज गर्ने सरकारको घोषणाप्रति आयोगको आपत्ति
- विश्व वातावरण दिवस: स्वथ्य वातावरणका लागि विधालय परिसरमा बृक्षारोपण
- संसद बैठक:भारत भ्रमण मुलत दुईपक्षीय हितमा केन्द्रीत रहेको प्रम प्रचण्डको प्रष्टोक्ति
- संसद बैठकमा विपक्षी दलको अवरोध, सासंदहरुलाइ रत्यौली नखेल्न सभामुखको आग्रह
- जिल्ला अदालत काठमाडौंमा आज पनि नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको थुनछेक बहस हुने
- वातावरणमैत्री भौतिक विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल
- आज विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान