काठमाडौं चैत्र ३ , अखिल नेपाल क्रान्तिकारी टे्रड यूनियन महासंघले भोलिको लागि आह्वान गरेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ । आफ्ना मजदुर कार्यकर्ता रिहाईको माग गर्दै उसले बन्दको आह्वान गरेको थियो । बहुराष्ट्रिय कम्पनी फेडेक्सले मजदुर निश्कासन गरेपछि पुर्नवहालीको लागि गरिएको आन्दोलनका क्रममा प्रहरीले केही मजदुरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका मजदुर रिहाई भएकाले बन्द फिता लिएको महासंघले जनाएको छ ।