शुक्रबार, मंसिर १५, २०८०
Dashain

बौद्धिक अपाङ्गताको क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा लगायत विशेष अधिकार स्थापनाको लागि पहल गरिने

  काठमाडौं चैत्र १७, राजधानीमा आज डाउन सिन्ड्रोम समाज नेपालले आयोजना गरेको‘सबैको समान पहुँच भएको स्वास्थ्य र स्वस्थकर जीवन’ विषयक अन्तक्र्रियाका कार्यक्रमका सभागिहरुले अपाङ्गताभित्र पनि बौद्धिक अपाङ्गता भएकाहरुको लागि निःशुल्क स्वास्थ्य सेवाको आवश्यकता औल्याएका छन ।

 नेपालमा बौद्धिक अपाङ्गता भएकाको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क नभएपनि प्राप्त सूचनाको आधारमा बौद्धिक अपाङ्गतालगायतका गम्भीर प्रकृतिका रोगका लागि सरकारले निःशुल्क उपचार शिक्षाजस्ता विषयमा विशेष अधिकारका लागि पहल गर्नुपर्ने निष्कर्ष  पहिल्याएको उक्त कार्य क्रममा विभिन्न राजनीतिक दलबाट संविधानसभामा प्रतिनिधित्व गदै आएका सभासद्हरुले बौद्धिक अपाङ्गता विशिष्ट प्रकारको रोग भएकाले उनीहरुको स्वास्थ्य, शिक्षाजस्ता विषयमा विशेष अधिकारका लागि आफ्ना दलमार्फत् सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै डा केदारनरसिंह केसीले बौद्धिक अपाङ्गतालगायतका गम्भीर प्रकृतिका रोगका लागि सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुेमा जोड दिनु भएको थियो भने एमालेका युवा नेता योगेश भट्टराईले जो अशक्त, काम गर्न नसक्ने अवस्थाका छन् उनीहरुलाई राज्यले सुरक्षा प्रदान गर्नुपर्नेमा आफ्नो अभिमत प्रकट गर्नु भएको थियो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728