मङ्लबार, जेष्ठ २३, २०८०

बज्रयान विधिअनुसार ३५ कुल पुत्रको सामूहिक प्रवज्याभिषेक गरियो

काठमाडौं फागुन २०,श्रीखण्ड मूल महाविहारमा बज्रयान विधिअनुसार सोमबार   विहारका ३५ कुल पुत्रको सामूहिक प्रवज्याभिषेक अर्थाथ चूडाकर्मकार्य  सम्पन्न भएकोछ ।  बौद्ध धर्मका अनुयायीहरू बज्राचार्य तथा शाक्य कुलका कुलपुत्रले आफ्नो जीवनकालमा एक पटक अनिवार्य रूपमा भिक्षु बन्नुपर्ने नियम अनुसार महाविहारमा गत १६ फागुनदेखि धार्मिक विधिअनुसार सुरु भएको चूडाकर्मअन्तर्गत काठमाडौंका १८ विहारमध्ये सबैभन्दा पुरानो तथा सदस्य संख्याको दृष्टिले सबैभन्दा ठूलो रहेको बताउँदै विहारमा बज्राचार्य र शाक्य कुलपुत्र सदस्य रहने परम्परा रहेको कार्यक्रममा सहभागि बज्राचार्य गुरुले जानकारी दिएका छन । १६ फागुनदेखि सुरु भएको सो प्रवज्याभिषेक आठ दिनसम्म बज्रयान विधिअनुसार कर्मकाण्ड गरिएको थियो ।

त्यस्तै  प्रवज्याभिषेक पछि पाँच दिनसम्म भगवान् बुद्धले लगाउने चिवर धारण गरी भिक्षु बनेपछि चूडाकर्म गरेका कुमारले नुन, माछा, मासु तथा मद्यपान गर्न नहुने तथा छालाबाट बनेको वस्तु छुन नहुने धार्मिक मान्यता रहेको छ । यस अवधिमा प्रवजित बसेका कुलपुत्रले चार दिनसम्म मामा, फुपूसहित कम्तीमा सात आफन्तको घरमा गएर भिक्षाटन गर्नुपर्छ । पाँचौं दिन अर्थात् अन्तिम दिन चिवर फुकालेर गृह प्रवेशपछि माछा, मासुसहित मद्यपानमाथिको बन्देजमा फुकुवा हुन्छ ।  यस अवधिमा आफू सदस्य रहेको महाविहारसहित स्वयम्भूमा धार्मिक विधिअनुसार पूजा अर्चना गरिनुका साथै काठमाडौंमा नगर परिक्रमा गरी हनुमानढोकामा गएर किसली चढाउने पम्परा रहेको स्थानीय मणिश्री रत्न बज्राचार्यले बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728