काठमाडौं फागुन १८, नेपाल भ्रमणमा रहनुभएका विश्व हिन्दू महासङ्घ बङ्गलादेश एकाइका सभापति महामण्डलेश्वर श्रीमत प्रियव्रत ब्रम्हचारी महातीर्थले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि त्यहाँको सरकारले त्यहाँ रहेका हिन्दूमाथि ज्यादती र हिंसात्मक गतिविधि गरेको आरोप लगाउनुभएको छ । विश्व हिन्दु महासंघले आज राजधानीमा आयोजित पत्रकार भेटघात कार्यक्रममा यस्तो अभिव्यक्ति दिनु भएको हो । त्यस्तै उहाँले नेपाली जनताले बंगलादेशका हिन्दु जनतालाई सहयोग गर्नुपर्ने बताउँदै विश्व हिन्दु महासंघले नेपाल सरकार मार्फत संयुक्त राष्ट्र संघमा बंगलादेशका हिन्दुहरुको बिषयमा आवाज़ उठाउन पहल गर्ने जानकारी दिएको छ ।