काठमाडौँ फागुन १९ ,सूचना तथा सञ्चार मन्त्रालयद्वारा आज आयोजित नियमित प्रवक्ता–पत्रकार भेटघाटमा ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले आसन्न प्रवेशिका परीक्षालाई ध्यानमा राखेर गत वर्ष जस्तै विद्यमान लोडसेडिङ लाई कम गर्ने तर्फ पहल भईरहेको जानकारी दिदै विद्युत उत्पादनका निर्माणधीन आयोजना समयमै पूरा भएमा आगामी ३ वर्षभित्रै वर्षायाममा स्वदेशी उत्पादनले नै विद्युत्को माग थाम्न सक्ने बताउँनु भएको छ । साथै उहाँले हिउँदयाममा भने अझै लामो समयसम्म विद्युत्भार कटौतीको संभावना भने कायमनै रहने जानकारी दिनु भएको छ ।