बुधबार, अशोज १०, २०८०

पेट्रोलियम पदार्थको मूल्यबृद्धि प्रसंगमा सरकार र विद्यार्थी संगठनबीच वार्ता हुने

काठमाडौं चैत ३,पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विषयमा सरकार र विद्यार्थी संगठनबीच आज वार्ता हुने भएको छ । दिउँसो हुने भनिएको वार्तामा fuel-pumpविद्यार्थीहरुले राखेका मागका विषयमा छलफल हुने बुझिएको छ। । वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव माधव रेग्मीको संयोजकत्वमा हिजो सरकारले गठन गरेको समितिले आज वार्ताका लागि दिउँसो २ बजे बोलाएको छ । वार्ता टोलीमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, आयाल निगमलगायतका प्रतिनिधि पनि सहभागी भएका छन् । आन्दोलन र विरोध छाडेर वार्तामार्फत समस्या समाधान गर्न छलफल हुने वार्ता टोलीका संयोजक आपूर्ति सचिव रेग्मीले जानकारी दिए । हिजो विद्यार्थीहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेट लगत्तै सरकारले वार्ता टोली गठन गरेको थियो । वार्ता प्रक्रिया सुरु भएसम्म विद्यार्थीहरुका अरु कार्यक्रम स्थगन भएका छन् । वार्ताले आफूहरुको माग सम्वोधन नभए थप आन्दोलनका कार्यक्रम घोषाणा गर्ने विद्यार्थी संगठनले जनाएका छन् ।