काठमाडौँ चैत १७ , नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशन प्रेस स्वतन्त्रता दिवस मे ३ अर्थात आगामी वैशाख २० र २१ गते काठमाण्डौमा हुने भएको छ । महासंघको सोमबार सिन्धुपाल्चोकमा बसेको केन्द्रिय समितिको वैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो । एजेण्डाका हिसावले वर्तमान कार्यसमितिको यो अन्तिम वैठक समेत हो । अधिवेशनको मिति र स्थान तय भएसंगै पत्रकारहरुबिच चुनावी सरगर्मी बढेको छ ।