बिहिबार, अशोज ४, २०८०

नेता जोशीलाई भारत लगियो

  काठमाडौ चैत १२, राजधानीको नर्भिक अस्पतालमा उपचार गराईरहनु भएका काँग्रेस नेता गोविन्दराज जोशीलाई आज थप उपचारका लागि भारत लगिएको govinda_raj_joshiछ । कम रक्तचापका कारण बेहोस भएपछि उहाँलाई थापाथलीको नर्भिक अस्पतालको आईसीयु कक्षमा भर्ना गरिएको थियो ।
उहाँको अवस्था चिन्ताजनक रहेकोले भारत लगिएको हो । जोशीलाई थप उपचारका लागि एअर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्ली लगिएको काङ्गे्रस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनुभयो ।