शनिबार, फाल्गुन १९, २०८०

तीर्थयात्री चढेको बस दुर्घटना , २४ यात्रु घाइते

काठमाडौं फागुन १९, काठमाडौँबाट भारतीय तीर्थयात्रु लिएर पटनातर्फ गइरहेको यात्रुवाहक बस मा गएराति त्रिभुवन राजमार्गमा ना ४ ख ९२०१ नम्बरको यात्रुबाहकबस अनियन्त्रित भई दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   बसमा सावार घाइते तीर्थयात्रु नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरी हेटौँडा अस्पतालमा ल्याइएको छ । घाइते तीर्थालुलाई औषधि र खानाको व्यवस्थाका साथै उनीहरूलाई गन्तव्यस्थानसम्म पु¥याउने काम भइसकेको जनाउँदै दुर्घटनाग्रस्त बस चालक भने फरार रहेको प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लख गरिएको छ ।