बिहिबार, मंसिर १४, २०८०
Dashain

चौतारीले राष्ट्रिय भेलाको आयोजना गर्ने

  काठमाडौं चैत १७, प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको वैशाखको तेस्रो साता हुने महाधिवेशनका लागि आफ्नो भूमिकाका बारेमा छलफल गर्न आगामी चैत २९ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । चौतारीका महासचिव माधव नेपालका अनुसार भेलामा केन्द्रीय सल्लाहकार, पूर्व केन्द्रीय पदाधिकारी, अञ्चल तथा जिल्ला अध्यक्ष र सचिव, चौतारी निकट महासङ्घका केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्ष गरी करिब ५०० को सहभागिता रहने छ ।
press chautari logo
त्यस्तै भेलाको तयारीका लागि मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसीको संयोजकत्वमा सचिव गणेश पाण्डे, नरेन्द्र साउद र रामकुमार एलन, कोषाध्यक्ष विश्वमणि सुवेदी, केन्द्रीय सदस्य केशव अधिकारी, अमृतनाथ तिमल्सिना र सुरोजङ्ग पाण्डे, अञ्चल अध्यक्ष शन्तराम बिंडारी, प्रकाश सिलवाल र विष्णु तारूके तथा गोविन्द चौलागाईं रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

साथै महासङ्घका लागि उम्मेदवार तय तथा अन्य पक्षसँग वार्ता गर्न चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, उपाध्यक्ष केसी र महासचिव नेपाल सम्मिलित टोली गठन गरिएको छ । आउँदो वैशाखको तेस्रो साता हुने महासङ्घको महाधिवेशनका लागि चौतारीकातर्फबाट डा महेन्द्र विष्ट, बालकृष्ण चापागाईं, गगन विष्ट र यशोदा तिम्सिनालेमा आकाङ्क्षा व्यक्त गरेको चौतारीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
2425262728