मङ्लबार, मंसिर १२, २०८०
Dashain

चर्को ब्याज दरमा रकम लगानी गर्ने सिंह सार्वजनिक

 काठमाडौँ फागुन २५, काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिलाई चर्को ब्याज दरमा रकम लगानी गर्ने र धाकधम्की दिई रकम असुली गर्दै आएका imageललितपुरका महेशबहादुर सिंहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले सिंहलाई शुक्रबार पक्राउ गरेको थियो । उपत्यकामा विभिन्न व्यक्तिबाट जबर्जस्ती रकम असुल्ने, चर्को ब्याजदरमा रकम लगानी गर्ने, धाकधम्की दिई लेनदेनको कागज गराउने र नमानेको खण्डमा अपहरणसमेत गर्ने आरोप सिंहमाथि लगाइएको छ ।

पछिल्लो समय सिंहविरुद्ध अपहरणको मुद्दा दायर भएपछि काठमाडौँको कङ्लकीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । सिंहविरुद्ध अहिले अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको परिसरका प्रहरी उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिनुभयो । पक्राउपछि सिंहको ललितपुरस्थित घर खानतलासी गर्दा हातहतियार र संरक्षित वन्यजन्तुका विभिन्न अङ्गसमेत बरामद भएको छ । प्रहरीले सिंहका घरबाट गर्धनसहित सिङ, कान र मुख भएको एक हरिण, सिङसहितको सिंहको दुई टाउको अन्य सिङ चारसमेत गरेर वन्यजन्तुका सात अङ्गका साथै प्रहरीले विभिन्न व्यक्ति, संस्था तथा कम्पनीका नाममा रहेको रु ३५ करोड २९ लाख ५५ हजार ६०० ७५ वटा चेकसमेत बरामद गरेको जनाएको छ ।